लिम्बुवानले असाेज ३ लाई कालाे दिनकाे रुपमा मनायाे, संविधान पुर्नलेखनकाे माग – Satabdi News

लिम्बुवानले असाेज ३ लाई कालाे दिनकाे रुपमा मनायाे, संविधान पुर्नलेखनकाे माग

बेलबारी । नेपालको संविधान खारेज गरि पूर्नलेखन गर्न आवश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

शनिवार जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिद्वारा आयाेजित असाेज ३ कालाे दिन र लिम्बुवान आन्दाेलन विषयक भर्चुवल अन्तरक्रियाका बक्ताहरुले साे कुरा बताएका हुन् । कार्यक्रममा बाेल्दै जसपा, नेपालका कार्यकारिणी सदस्य शुसिला श्रेष्ठले असाेज दिन उत्पिडित समुदाय, महिला, आदिवासी जनजाति र मधेसी समुदायका लागि कालाे दिन भएकाे बताउनु भयाे । अन्तरिम संविधान सबैले स्विकार गरेकाे अवस्थामा त्यसबाट पछि हटेर पुरानै शैलिकाे संविधान जारी गरेर मुलुकमा विभेद कायमै राखेकाे प्रति राेष प्रकट गर्नुभयाे ।

त्यस्तै लाहुर्निपका सचिव अधिवक्ता शंकर लिम्बुले नेपालकाे संविधान खारेज गरि पुर्नलेखनकाे आवश्यकता भएकाे ओैल्याउनु भयाे । वर्तमान संविधान देशका जनता बिच बिभाजन ल्याउने किसिमकाे भएकाे बताउनु भयाे । याे संविधान रहिन्जेल मुलुकमा विभेद कायमै रहने समेत बताउनुभयाे । संविधान निर्माणकाे क्रममा एउटै नश्लका व्यक्तिहरुकाे हावि भएका कारण उनिहरुकाे पक्षमा अहिलेकाे संविधान रहेकाे बताउनुभयाे । त्यस्तै लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले लिम्बुवान प्राप्तिकाे नया याेजना तय भईसकेकाे बताउनु हुँदै त्यसका लागि तयार रहन लिम्बुवानवासी र पहिचानवादिहरुलाई आग्रह गर्नुभयाे । लिम्बुवान प्राप्तिका लागि प्रदेश नम्बर १ लाई भत्काउनु जरुरी रहेकाे बताउनु हुदै एतिहासिकताकाे आधारमा लिम्बुवान खाेजेकाे बताउनुभयाे । वर्तमान संविधानकै आधारमा लिम्बुवान लेखिदैमा अधिकार सहितकाे लिम्बुवान प्राप्त नहुने भएकाले संविधान पुर्नलेखनकाे जरुरी रहेकाे बताउनुभयाे । कार्यक्रममा प्रदेश नं. १ का प्रदेश सदस्य माननीय आर. सी. तुम्बा, अधिवक्ता याम लिम्बु, अधिवक्ता कृष्णराज लावतीले पनि संविधान भित्रका गल्तिहरुको बारेमा चर्चा गर्दै संविधान पुर्नलेखन गर्नुपर्ने आवश्यकता रहेको औल्याउनु भयाे । लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमकाे अध्यक्षतामा भएकाे कार्यक्रम समितिका मुख्य सचिव केदार धिमालले संचालन गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लिम्बुवानले असाेज ३ लाई कालाे दिनकाे रुपमा मनाय..." A few seconds ago

सम्बन्धित खवर