भाद्र २९, बेलबारी । राष्ट्रिय बाल दिवसको अबसरमा ड्रीम्स साईकलको आयोजनामा बेलबारी बाल प्रतिभा पहिचान कार्यक्रम बेलबारी स्थित श्री भगवती माध्यमिक विद्यालयमा कबिता, चित्रकला र बिज्ञान तथा प्रबिधि सम्बन्धी प्रदर्शन गरेर मनाएका छ्न ।
प्रदर्शन कार्यक्रममा गरिबको पीडा शीर्षकमा पवन पौडेलले कबिता बाचन गरेका थिए । त्यस्तै प्रबिधिमा अमोस कार्की, किरण खड्का, आवास निरोलाले आफुले बनाएको प्रबिधिबारे बुझाएका थिए ।
प्रदर्शनमा राखिएको कबिता, चित्रकला र बिज्ञान प्रबिधीमा बनाएका कलाहरुलाई बालबालिकाहरुको स-सम्मानको लागि पुरुस्कारको ब्यबस्था गरिने कुरा कार्यक्रमको संयोजक सनम खतिवडा राजाले शताब्दी न्युजलाई बताए ।
बन्दाबन्दीको कारण धेरै बिद्यालयको धेरै विद्यार्थीहरुलाई सहभागी गराउन सकेनौं । आगमी राष्ट्रिय बाल दिवस कार्यक्रममा सबै विद्यालयको धेरै विद्यार्थीहरुको सहभागी गराएर ब्यापाक मनाउने कुरा आयोजक सदस्य सुबास गिरिले बताए ।