सामाजिक सञ्जालमा ‘जन्तरे मामा’को नामले भाइरल भएका अमित राईले पहिलो पटक आफ्रनो गीत रेकड गराएका छन् ।
गोपालचन्द्र राईको शब्द र तोरेम्पा हाङको संगीतमा अमित राईको गीत निर्माण भएको हो ।
किङ्स रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको ‘फुलैफूलको सौगात तिमीलाई’ बोलको उक्त गीत गोतो सेन्टर नामक युट्युब च्यानलबाट सार्वजनिक समेत गरिएको छ ।
५३ वर्षीय राईलाई झापाबाट कोरोना महामारीकै बिचमा काठमाडौंमा ल्याएर उनको स्वरमा गीत रेकर्ड गरिएको हो ।