भ्रामक समाचार प्रति नेकपा अरुणको कडा आपत्ति – Satabdi News

भ्रामक समाचार प्रति नेकपा अरुणको कडा आपत्ति

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाउँपालिका भोजपुरले मुख्यमन्त्री र लालझण्डाको आडमा नेकपाका नेता मल तस्करीमा” भन्ने भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो।

मुख्यमन्त्री र लालझण्डा जोडेर भ्रामक समाचार सम्प्रेषण गरि पार्टीको गरिमा र प्रतिष्ठामा सुन्योजित प्रहार गरिएको प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाउँपालिका भोजपुरले विज्ञप्ती मार्फत कडा आपत्ति जनाएको छ ।

नेकपा अरुण गाउपालिका अध्यक्ष बलभद्र राई र सचिव नारायण घिमिरे द्धारा जारी एक प्रेस विज्ञप्ती मार्फत जनतालाई तथ्य र सही सूचना सम्प्रेषण गर्नुको सट्टा भ्रम फिँजाएर संवैधानिक र सम्मानित संस्थाको प्रमुख, झण्डा र पार्टिको उपहास गरेको भन्दै त्यसप्रती नेकपा अरुणले आपत्ती जनाएको हो। विज्ञप्तिमा भनिएको छ, “जनतालाई तथ्य र सही सूचना सम्प्रेषण गर्नुको अलवा संवैधानिक र सम्मानित संस्थाको प्रमुख, झण्डा र पार्टिलाई समेत जोडेर कपोकल्पित अतिरंजीत र तथ्यहिन समाचार सम्प्रेषण गरि जनता र समाजमा भ्रम सिर्जना गर्नु आफैँमा पेशागत अपराध र कानुनी राज्यको उपहास गर्नु हो, जसको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ।”

साथै सो प्रकरणमा संलग्न भनिएका (सञ्चार माध्यम अनुसार) व्यक्तिहरुमध्ये अर्जुन कट्वाल नेकपाको वरिष्ठ नेता नभएको, बरु अर्जुन भुजेल नेपाली कांग्रेसको स्थानीय कार्यकर्ताको प्रत्यक्ष संलग्न रहेको भन्ने जानकारीमा आएको कुरा स्पष्ट पार्दै नेकपा अरुणले त्यस्तो भ्रामक समाचारको पुष्टि गर्न सम्बन्धित पक्षलाई कडा चुनौती दिएको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, “भ्रामक समचारको पुष्टि गर्न सम्बन्धित पक्षलाई कडा चुनौती गर्दछौं। साथै जुनसुकै अराजनीतिक गतिविधी र आरोपको विरुद्धमा जस्तोसुकै मूल्य चुकाउने स्मरण गराउँदै सत्य तथ्य छानविन गरि दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाउँपालिका पार्टी सरकार समक्ष जोडदार माग गर्दछ।”

भ्रामक समाचार र हल्लाबाट विचलित नहुन सबैलाई अनुरोध गर्दै भ्रम र आरोपबाट सृजित सबै परिस्थितिको डटेर सामना गर्ने कुरा समेत विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भ्रामक समाचार प्रति नेकपा अरुणको कडा आपत्ति" A few seconds ago

सम्बन्धित खवर