बीपी को. स्व. बि. प्र. धरानमा एक कोरोना संक्रमित महिलाको मृत्यु – Satabdi News

बीपी को. स्व. बि. प्र. धरानमा एक कोरोना संक्रमित महिलाको मृत्यु

श्रावण ३२, धरान ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ ।

विराटनगरको न्युरो हस्पिटलबाट रेफर भई वीपी प्रतिष्ठान धरानमा उपचाररत विराटनगर निवासी ५० बर्षीया महिलाको उपचारको क्रममा शनिबार राती निधन भएको हो ।

पाँच दिन दिन देखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरो अस्पताले शनिबार प्रतिष्ठान रेफर गरिएको थियो । प्रतिष्ठानमा भर्ना गरिएपछि उपचारको क्रममा उनको निधन भएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

मृतक महिलालाई फोक्सोको समस्या, थाईराइडको समस्या र मुटुको उपचार दिल्लीमा भएको थियो । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भईरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बीपी को. स्व. बि. प्र. धरानमा एक कोरोना संक्रमि..." A few seconds ago

सम्बन्धित खवर