विश्व आदिवासी दिवसकाे अवसरमा प्रथा जनित कानुन विषयक भर्चुअल सम्वाद – Satabdi News

विश्व आदिवासी दिवसकाे अवसरमा प्रथा जनित कानुन विषयक भर्चुअल सम्वाद

बेलबारी । २६ ओै विश्व आदिवासी दिवसकाे अवसरमा प्रथा जनित कानुन विषयक भर्चुअल सम्वाद कार्यक्रम हुने भएकाे छ ।
आदिवासी जनजाती युवा महासंघ, नेपाल, नगर समन्वय परिषद, बेलबारीले साउन २५ गते आईतबार साे कार्यक्रम आयाेजना गर्न लागेकाे हाे । प्रथा जनित कानुन विषयक सम्वादमा श्राेत व्यक्तिकाे रुपमा नेपालका आदिवासीहरुको मानवअधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) का सचिव अधिवक्ता शंकर लिम्बू रहनु हुने आयाेजक संस्थाका अध्यक्ष केशव थापा मगरले जानकारी दिनु भयाे । आदिवासी जनजाति युवा महासंघ, नेपाल संघीय परिषदका अध्यक्ष जि.एस. गुरुङकाे प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विभिन्न आदिवासी जनजाति अगुवा तथा अभियन्ताहरुकाे सहभागीता रहने आयाेजक समितिले जानकारी दिएकाे छ । साउन २५ गते आईतबार बिहान १० बजे देखि सुरु हुने भर्चुअल सम्वाद करिब २ घण्टा सम्म चल्ने बताईएकाे छ ।
Meeting id: 3321961583 र passcode: 12345 प्रयाेग गरि प्रथा जनित कानुनकाे विषयमा जान्न ईच्छुक व्यक्तिहरुलाई जुम मार्फत कार्यक्रममा समावेश हुन युवा महासंघले आग्रह गरेकाे छ । काेभिड १९ (काेराेना भाईरस) का कारण विश्वभर महामारी फैलिएकाे कारण बाहिर निस्कन, भेला हुन सम्भव नभएका कारण भर्चुअल सम्वाद आयाेजना गरिएकाे अध्यक्ष थापाले जानकारी दिनुभयाे । हरेक वर्ष अगष्ट ९ तारिककाे दिन विश्व आदिवासी दिवसकाे रुपमा विश्वभर विविध कार्यक्रम गरि मनाईदै आएकाे छ । यस वर्षकाे आदिवासी दिवसमा “स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा २६ औँ विश्व आदिवासी दिवस” भन्ने मुल नारा तय गरिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विश्व आदिवासी दिवसकाे अवसरमा प्रथा जनित कानुन व..." A few seconds ago

सम्बन्धित खवर