जसपा पहिचानमा आधारित प्रदेशकाे मुद्धामा अडिक – Satabdi News

जसपा पहिचानमा आधारित प्रदेशकाे मुद्धामा अडिक

काठमाण्डाै । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पहिचानमा आधारित दश प्लस एक प्रदेशको मुद्दा बोकेकोले पहिचानवादीहरु गाेलबद्ध हुन आवश्यक रहेकाे एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
काठमाण्डाैमा सम्पन्न विश्व आदिवासी दिवसको सन्दर्भमा आयाेजित “पहिचानको राजनीति: हिजो, आज र भोलि” अन्तर्कृयात्मक कार्यक्रमका बक्ताहरुले साे कुरा बताएका हुन् । शुक्रबार जसपा, नेपालको कार्यालय बवरमहलमा आयाेजित कार्यक्रममा जसपाका केन्द्रीय सदस्य आङकाजी शेर्पाले राजपासँग एकता हुँदा पनि दश प्लस एकको मुद्दामा अडिक रहेका कारण पहिचानकाे मुद्धामा शंका गर्नु पर्ने अवस्था नरहेकाे बताउनु भयाे । जातीय पहिचानका आधारमा प्रदेशहरुको नामांकन र सिमांकन नभएसम्म अथवा आदिवासीहरुकाे मुद्दा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताउनु भयाे । कार्यक्रममा बुद्धिजीवी नन्द कन्दङ्वा, केन्द्रीय सदस्य तथा शिल्पी सह- ईन्चार्ज कमला हेमच्युरी लगायतले मन्तव्य राख्नु भएकाे थियाे । केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ताम्सालीङ राष्ट्रिय समितिका अध्यक्ष कृष्ण घलानले कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे । केन्द्रीय सदस्य रत्न बिक्रम स्याङबोले धन्यवाद तथा समाजवादी आदिवासी जनजाति महासंघका उपाध्यक्ष जय गाेलेले स्वागत गर्नु भएकाे थियाे । कार्यक्रम लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति, मधेस राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति, नेवा: राष्ट्रिय समिति, शिल्पी/दलित विशेष प्रदेश राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मगरात राष्ट्रिय समिति, खसान राष्ट्रिय समिति,थरुहट राष्ट्रिय समिति, समाजवादी आदिवासी जनजाति महासंघले संयुक्त रुपमा आयाेजना गरेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपा पहिचानमा आधारित प्रदेशकाे मुद्धामा अडिक" A few seconds ago

सम्बन्धित खवर