झापाको पर्यटकीय स्थल दोमुखा शनिबारबाट सिल – Satabdi News

झापाको पर्यटकीय स्थल दोमुखा शनिबारबाट सिल

श्रावण २४, झापा । झापाको पर्यटकिय क्षेत्र दोमुखा शनिबार देखि सिल गरिएको छ । समुदायमा कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्लाको पर्यटकीय दोमुखा क्षेत्रमा शनिबार ३ बजे देखी ‘सिल’ गरिएको हो ।

पूर्व—पश्चिम लोकमार्गको अन्तर्गत माईधार देखि करिब ४ किलोमिटर उत्तर ईलाम र झापाको सिमानामा पर्ने दोमुखा क्षेत्रमा आन्तरीक तथा बाहिय पर्यटकका लागि आवत जावतमा रोक लगाइएको हो । शिवसताक्षी नगरपालिकाको नगर समन्वय समितिको यस अघिको निर्णय कार्यान्वयन गर्दै दोमुखा धार्मिक तथा पर्यटकीय बिकास संस्थाले दोमुखा परिषर ‘सिल’ गर्ने निर्णय गरेको हो ।

दोमुखा आउने सर्वसाधरणको संख्या दिनहु बढेपछि बाध्य भएर दोमुखा क्षेत्र ‘सिल’ गरिएको वडा अध्यक्ष कर्णवहादुर थापाले बताए । वडा अध्यक्षका अनुसार दोमुखा प्रवेश गर्ने हरेक नाकामा सुरक्षाकर्मी परिचालित छन् । दोमुखा पुग्न अगावैको सरदारे नाका, माईधाम हुदै दोमुखा जाने बाँधको नाका अर्को निर्णय नहुञ्जेल सम्मका लागि बन्द गरिएको छ ।

दोमुखा र धनुषकोटी जोड्ने कनकाई नदिमा निर्माण भएको झोलङ्गे पूल पनि ‘सिल’ गरिएको छ । वडा अध्यक्ष थापाका अनुसार धनुषकोटी धामबाट झोलुङ्गे पुल हुदै दोमुखा आउने सर्बसाधरणको एक मात्र बिकल्प हो ।

दोमुखा क्षेत्रका स्थानीय बासिन्दाले अब स्थानीय प्रशासनको अनुमती बिना बाहिर निस्कन पाउदैनन् । अति जरुरी काम पर्यो भने प्रहरीको समन्वयमा मात्र दोमुखा क्षेत्र बाहिर निस्कन पाउने अध्यक्ष थापाले बताए ।

दोमुखा लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा सर्वसाधरणको भिड बढेपछि यस अघि शिवसताक्षी नगरपालिकाले सर्वसाधरणको आवत जावतमा रोक लगाउने निर्णय गरेको थियो । शिवसताक्षी नगरमा दोमुखा सहित सताक्षीधाम, चिल्लागढ लगायतका पौराणीक कथा संग जोडिएका धार्मिक स्थल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "झापाको पर्यटकीय स्थल दोमुखा शनिबारबाट सिल" A few seconds ago

सम्बन्धित खवर