यायोक्खाले मनायो ३३ औं स्थापना दिवस, इतिहास,भुगोल, सभ्यताको सम्माननै किरात प्रदेश – Satabdi News

यायोक्खाले मनायो ३३ औं स्थापना दिवस, इतिहास,भुगोल, सभ्यताको सम्माननै किरात प्रदेश

श्रावण २२, बेलबारी ।  कोरोना भाइरस (कोभिड–१९) का कारण देशमा त्रास फैलिरहेकै बेला बिहीबार किरात राईहरुको सामाजिक संस्था किरात राई यायोक्खाले देशैभरी ३३औं स्थापना दिवस मनाइएको छ ।

बिहिबार यायोक्खाले ३३ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा किरात प्रदेश नाम राख्न सरकारलाई जोडदार माग गरिएको छ।

बेलबारी साकेलाथानमा आयोजित कार्यक्रममा यायोक्खा केन्द्रीय उपाध्यक्ष ’तथा १ नम्बर प्रदेश ईन्चार्ज तिलकप्रसाद राई, प्रचार बिभाग प्रमुख रहेका केन्द्रीय सचिव अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य नवीन राई, जिल्ला अध्यक्ष नरहाङ राईलगायत वक्ताले बोलेका थिए ।

किरात राई यायोक्खका केन्द्रिय सचिव अर्जुन जम्नेली राईले १ नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरण गरिनु पर्ने साथै मातृ भाषा अभियानको रुपमा जहाँ जुन भाषिक राईको बाहुल्यता छ त्यहाँ सोही भाषामा आधारभूत तहको बिद्यालयमा पठन पाठनको पहल गर्नुपर्ने केन्द्रीय सचिव अर्जुन जम्नेली राईले बताए ।

किरातहरुले अर्काको भाषामा बोल्न, पढ्न लेख्न परेकै कारण पछि परेको र किरात राई यायोक्खाले जहिलेपनि किरातहरुको हक हितकै लागि संघर्ष, आन्दोलन गरेको र केहि हदसम्म सफल भएपनि प्रदेशको नामाकरणका लागि प्रदेशमा र केन्द्रमा समेत पहल गरेको र अझैपनि गरीरहने किरात राई यायोक्खा का केन्द्रिय उपाध्यक्ष तिलक प्रसाद राईले जनाए । राईले किरात भनेको जातियता नभै इतिहास, भुगोल, संस्कृति, सभ्यता भएको कारण १ नं प्रदेश किरात प्रदेश नामाकरण गरि इतिहासको सम्मान गरिनु पर्ने बताए ।

कार्यक्रमको व्यवस्थापन किराया जिल्ला समिती मोरङ र किराया बेलबारी नगरसमितीको सयुक्त आयोजना भएको हो । कार्यक्रमको सभाध्यक्ष किरात राई यायोक्खा मोरङ अध्यक्ष नरहाङ राईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "यायोक्खाले मनायो ३३ औं स्थापना दिवस, इतिहास,भुग..." A few seconds ago

सम्बन्धित खवर