श्रावण १४, बेलबारी । बेलबारी बस्ने एकै परिवारलाई कोरोनाको आशंका भएपछि होम क्वारेन्टीनमा राखिएका छन् । बेलबारी वडा नं ३ करमडाँडा बस्ने एकै परिवारका सदस्यलाई कोरोना आशंकामा होम क्वारेन्टीन राखिएको हो ।
गत केही दिन अघि ईलाम घुम्न गएका उनीहरु सँगै खाना खाएका एक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई समेत कोरोना भएको आशंकामा होम क्वारेन्टाईनमा राखिएको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिश्वकर्माले शताब्दी न्युजलाई बताए ।
सो परिवारलाई एक सातासम्म होम क्वारेन्टाईनमा राखेर पिसिआर गरेपछि मात्र कोरोना भए नभएको थाहा हुने बिकले बताए ।



