मनपरी भाडा उठाउदै म्याजिक गाडी – Satabdi News

मनपरी भाडा उठाउदै म्याजिक गाडी

श्रावण ९, मोरङ । मोरङको ईटहरी–उर्लाबारी सडक खण्डमा गुडने सानो सावरी साधन (म्याजिक गाडी) ले मनपरी भाडा लिएको पाईएको छ । उर्लाबारी देखि ईटहरी सम्मको भाडा दर एउटै नभएको गुनासो आएको छ ।

फरक-फरक व्यक्ति तर एउटै गन्तव्य सम्म पुग्दा फरक भाडा दर लिने गरेको पाईएको छ । त्यस्तै मोरङ बेलबारी घर भएका एक यात्रुले (नाम नखुलाउने सर्तमा) भाडा दर एउटै नभएको बताएका छन् । गत ६ गते उनी बेलबारीबाट उर्लाबारीको मंगलबारे सम्म जादा रु ६० र आउदा पनि रु ६० तिरेको बताए । तर त्यसको ठिक दुई दिन पछि सोहि स्थान सम्म यात्रा गर्दा ८० तिर्न आफु बाध्य भएको बताएका छन् । उनले भने, “केही दिन अघि मात्र जादा रु ६० तिरेको भने अहिले ठीक दुईदिन पछि भाडा दर रु ८० लियो । मैले भने, तपाईले मेरो २० रुपैयाँ बढी लिदैमा मलाई केहि हुदैन तर तपाईहरुको संघको आधिकारिक भाडा दर आउनु पर्यो । मैले सह–चालकलाई आधिकारिक भाडा दर देखाउन आग्रह गरे । तर सह–चालकले आफुसंग आधिकारिक भाडा दर नभएको पनि बताए ।”

यता यस विषयमा सह–चालकलाई सोध्दा, “कोरोना भाईरसको कारण यात्रु थोरै भएको र हामीलाई तेलको पैसा सम्म पनि नउठ्ने भएपछि भाडा दर एकरुपता नभएको उनले बताए ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मनपरी भाडा उठाउदै म्याजिक गाडी" A few seconds ago

सम्बन्धित खवर