चेपाङ समुदायकाे घरमा भएकाे आगजनी प्रति जसपा नेपाल, पहिचान समितिहरुकाे विराेध – Satabdi News

चेपाङ समुदायकाे घरमा भएकाे आगजनी प्रति जसपा नेपाल, पहिचान समितिहरुकाे विराेध

बेलबारी । चितवन राष्ट्रिय निकुन्जले माडी नगरपालिका वार्ड न ९ कुसुमखोलामा बसोबास गर्ने सुकुम्बासीहरुको घरहरू आगजनी गरेकाे प्रति जनता समाजवादी पार्टी, नेपालका पहिचानमा आधारित (१०+१) राष्ट्रिय समितिहरूले विराेध जनाएकाे छ ।
बुधबार लिम्बुवान, किरात, तामाङ्सालीङ, मधेश, थरुहट, मगरात, नेवा:, तमुवान, खसान र शिल्पी राष्ट्रिय समितिले संयुक्त विज्ञप्ती जारी गर्दै विराेध जनाएकाे हाे । २०५३ सालदेखि सो ठाउँमा बसाेबास गर्दै आएका सुकुम्बासी चेपाङहरूलाई आफ्नै पुर्ख्यौली भूमिमा समेत घर-जग्गा दर्ता गर्न नदिएर नियतवश नै भूमिहीन बनाएकाे विज्ञप्तीमा आराेप लगाईएकाे छ । राज्यबाट सीमान्तीकरणमा धकेलिँदा–धकेलिँदा स्रोत र पहुँचविहीन भएका चेपाङहरूलाई लखेट्न निकुञ्जका कर्मचारी प्रयोग गरेर सरकार हिंस्रक भई उत्रिएको बताउदै चेपाङहरूको स्वतन्त्र रुपमा बाँच्न पाउने संवैधानिक हकलाई कुल्चीएकाे आराेप लगाएकाे छ ।
कोरोना भाइरस महामारी लगायत बाढी पहिरोले सम्पूर्ण मानव समुदायलाई संकटमा पारेको बेला नेपाल सरकारको यस्तो हुर्मतले झिनो मानवीय संवेदना समेत गुमाएको बताउदै घटनाको यथासीघ्र छानबिन गरी दोषीहरूलाई तत्काल कडा कार्बाही गरेर पीडित चेपाङहरूलाई स–सम्मान उचित आवासको व्यवस्थापन सहित अविलम्ब क्षतिपूर्ति दिन समेत माग गरिएकाे छ ।सरकारलाई यस्तो कुकार्य तत्काल बन्द गर्न र तमाम जनतामा यो औचित्यहीन सरकारको स्थायी विकल्प खोज्न समेत विज्ञप्ती मार्फत आब्हान गरिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चेपाङ समुदायकाे घरमा भएकाे आगजनी प्रति जसपा नेप..." A few seconds ago

सम्बन्धित खवर