केराबारी गा.पाका अध्यक्ष रोहित बहादुर कार्की माथि चक्कु प्रहार – Satabdi News

केराबारी गा.पाका अध्यक्ष रोहित बहादुर कार्की माथि चक्कु प्रहार

साउन २, मोरङ । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की माथि चक्कु प्रहार भएको छ ।

केराबारी गा.पा का १० का स्थानिय भुवन ठकुरी (भाले )ले अध्यक्ष कार्की माथि चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।

ठकुरीले यस अघि पटके ठेक्का उठाउँदै आएको र असार पछि ठेक्काको अवधि सकिए सँगै आफ्नो रोजीरोटी खोसेको भन्दै अध्यक्ष कार्की माथि चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव निरीक्षक दीपक बरालले बताए ।

बरालले भने ‘गाउँपालीमा उपाध्यक्षको कोठामा नै गएर ठकुरीले चक्कु प्रहार गरेका रहेछन् । चक्कु भाँचिए पछि गार्डको खुकुरी समेत खोसेर प्रहार गर्ने प्रयास गरेका थिए ।’

शुक्रवार दिउसो करिब १२ः१५ मा आक्रमण भएको र अध्यक्ष कार्कीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि विराटनगर स्थित नोबल अस्पताल लगिएको बताइएको छ । ठाकुरीलाई नियन्त्रण लिएको ईलाका प्रहरी केरावारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "केराबारी गा.पाका अध्यक्ष रोहित बहादुर कार्की मा..." A few seconds ago

सम्बन्धित खवर