हराएको मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण – Satabdi News

हराएको मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

असार ३१ बेलबारी । असार २९ गते सोमबारको दिन जिल्ला मोरङ, बेलबारी नगरपालिका वडा नं.०१ स्थित सोमबारे सब्जी हटिया नजिकै पार्किङ गरेको स्थानबाट हराएको मोटरसाइकल वेवारिसे अबस्थामाभेट्टिएको छ । अम्बिका भण्डारीको नाममा दर्ता रहेको मे ६ प १७२२ नम्बरको कालो/रातो डिस्कभर रहेको मोटरसाईकल हराई खोजतलास गरी पाउँ भनीइलाका कार्यालयमा दिएको लिखित निवेदन अनुसार खोजतलास गर्ने क्रममा वडा नं.०७, लालमणी चौकस्थित हनुमान मन्दिरमा वेवारिसे अवस्थामा फेला परेको थियो ।

वेवारिसे अवस्थामा भेट्टिएको मोटरसाईकल बेलाबारी इलाका प्रहरी कार्यालय ल्याई कार्यालय प्रमुख श्री ऋषि राज ढकालले आजै सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ्न  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हराएको मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण" A few seconds ago

सम्बन्धित खवर