विभिन्न माग सहित त्रि.वि उपकुलपतिलाई दलित विद्यार्थीले ज्ञापन पत्र बुझाए – Satabdi News

विभिन्न माग सहित त्रि.वि उपकुलपतिलाई दलित विद्यार्थीले ज्ञापन पत्र बुझाए

असार ३०, काठमाडौं । स्कुम नरसंहार लगायत यो बिच भएको जातिय हत्याहिंसा विरुद्ध किर्तिपुरमा आन्दोलन गरिरहेका युवाविद्यार्थीले रवि सेन्चुरीको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटालाई विभिन्न माग सहित ११ बुदे ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा दलित अध्ययान केन्द्रको स्थापना, त्रिभुवन विश्वविद्यालयको छात्रबासमा २० प्रतिशत कोटा हुनुपर्ने, छात्रवृत्ति, समानुपातिक रुपमा प्रध्यापक तथा कर्मचारी व्यवस्था हुनुपर्ने, दलित समुदाय केन्द्रित बहस, छलफल, सेमिनार, खोज अध्ययान अनुसन्धान हुनु पर्ने त्यसमा दलित विद्याथीहरु लाई प्रथामिकता दिनु पर्ने मागहरु रहेका छन् ।

ज्ञापनपत्र बुझाउदै नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठनका केन्द्रिय सह–संयोजक रवि सेन्चुरीले समाजमा रहेको जातिय विभेद हटाउनमा निम्ति राजनैतिक संगै मानसिक चेतनामा पनि परिवर्तन हुन आवश्यक रहेको त्यसका निम्ति विश्वविद्यालयले भुमिका खेल्नुपनेमा जोड दिएका थिए ।

विद्यार्थीहरुको ज्ञापनपत्र बुझदै उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले आफु यस कुरामा आफु गम्भिर रहेको साथै के कसरी हुन्छ अबका दिनमा प्रागिक माध्यमबाट जातिय विभेद विरुद्ध नितिनियम बनाएर काम गदै जाने प्रतिबधता व्यक्त गर्नुभएको थियो ।

ज्ञापनपत्र बुझाउन अनेरास्ववियु उत्पीत राष्ट्रिय सम्पर्क कमिटिका सह–संयोजक रामलाल राजवशी विश्वकर्मा, दलित विद्यार्थी युनियन त्रि.वि बाट प्रेम वि.क, त्यस्तै विष्णु वि.क, अमर सुनर , जगत वि.क, नविन तिवारी, कलम बहादुर वि.क, प्रदिप वि.क, लक्ष्मि वि.क, रमिला वि.क, लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विभिन्न माग सहित त्रि.वि उपकुलपतिलाई दलित विद्य..." A few seconds ago

सम्बन्धित खवर