बेलवारि न पा वार्ड न ११ मा बर्सौ पछि खानेपानी – Satabdi News

बेलवारि न पा वार्ड न ११ मा बर्सौ पछि खानेपानी

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको डाँगिहाट खानेपानि तथा सरसफाई उपभोक्ता समितिले लामो समयपछि खानेपानिको धारा बितरण गर्न सुरु गरेको छ ।

२०५६ सालमा तत्कालिन डाँगिहाट गाविसका वासिन्दालाई स्वच्छ खानेपानि पुर्याउने उदेश्यका साथ डाँगिहाट खानेपानि तथा सरसफाई उपभोक्ता समिति गठन गरीएको थियो । २१ बर्षमा ५ वटा उपभोक्ता समिति गठन भएका छन ।

यसअघिको हिम प्रसाद मिश्रको अध्यक्ष् बनेको उपभोक्ता समितिले ट्याङ्की निर्माण र पाईप बिच्छाउने काम गरेको थियो । हालको उपभोक्ता समितिले भने धारा वितरण गर्न सुरु गरेको छ ।
१ लाख लिटर क्षमताको ट्याकि संचालन ल्याएर धारा वितरण गर्न सुरु गरीएको समितिका अध्यक्ष शिब कुमार राइले बताए ।

यसै आर्थीक बर्षमा २ सय ५० देखी ३ सय परिवारलाई धारा वितरण गर्ने लक्ष्य लिएको समेत राइले बताए । ७ सय देखी १ हजार परिवारलाई पानि क्षमताले पुग्ने राइको भनाइ रहेको छ । २ दशक पछि धारामा पानि आँउदा स्थानिय वासिन्दाहरु समेत खुसि भएका छन्। ६ हजार रुपैया लिएर समितिले धारा जडान गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलवारि न पा वार्ड न ११ मा बर्सौ पछि खानेपानी" A few seconds ago

सम्बन्धित खवर