खाद्यान्न ढुवानीका लागि काठामाडौबाट हेलिकोप्टर दार्चुला पुग्यो – Satabdi News

खाद्यान्न ढुवानीका लागि काठामाडौबाट हेलिकोप्टर दार्चुला पुग्यो

असार २६,  दार्चुला । व्याँस गाउँपालिकामा खाद्यान्न ढुवानीका लागि काठामाडौबाट माउन्टेनको हेलिकोप्टर दार्चुला पुगेको छ ।

व्यासको लागि २०० क्वीन्टल चामल माग भएको हुदा शुक्रवार सम्म १६५ किलोग्राम चामल खलंगा पुगेको व्यास गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए ।शनिवार देखी हेलीकोप्टर मार्फत समान व्यास पुगाइने छ ।

हेलीकोप्टरमा एक चोटी पाच क्वीन्टल समान लगिने जनाइएको छ । व्यासको छारुमा हेलीकोप्टर ल्याण्ड गरेर खाद्यान्न ओसारीने छ ।

व्याँसको खाद्यान्न सामाग्री अहिले विरेन्द्र वन स्थित नेपाल पत्रकार महासंघको भवनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खाद्यान्न ढुवानीका लागि काठामाडौबाट हेलिकोप्टर ..." A few seconds ago

सम्बन्धित खवर