शिक्षकको हत्या गरि फरार भएका अभियुक्त एघार बर्षपछि प्रकाउ – Satabdi News

शिक्षकको हत्या गरि फरार भएका अभियुक्त एघार बर्षपछि प्रकाउ

असार २४, बारा । कलैया उपमहानगरपालिका–१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । शिक्षकको हत्यामा संलग्न भई ११ वर्ष देखि फरार रहेका अभियुक्त पक्राउ गरेको हो ।

नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा साबिक फेटा गाविस–१ स्थित नेरामावि फेटाका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई विद्यालयबाट घर फर्किने क्रममा सोही ठाँउस्थित सडकमा गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । हत्या पछि मुख्य अभियुक्त नन्दु हाल सम्म फरार रहेका थिए ।

हत्यामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नन्दुलाई पक्राउ गरेको हो ।

हत्यामा संलग्न बारा गंजभवानीपुर बस्ने अग्नि भनिने सुनिल जैसवाल (अग्नी) लाई २०७० साउन २४ गते र बारा साविक फेटा गाविस–१ बस्ने बिजय पटेललाई २०७३ पुस २२ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा सुनिललाई सर्वस्व सहित जन्म कैद सजाय र विजयलाई पुर्पक्षमा कारागार कार्यालय वीरगंजमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नन्दुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बारामा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "शिक्षकको हत्या गरि फरार भएका अभियुक्त एघार बर्ष..." A few seconds ago

सम्बन्धित खवर