विराटनगरमा विद्यार्थी संङगठनद्वारा चार बुदे माग सहित ज्ञापन पत्र बुझाए – Satabdi News

विराटनगरमा विद्यार्थी संङगठनद्वारा चार बुदे माग सहित ज्ञापन पत्र बुझाए

असार १५, विराटनगर । समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी संघ विराटनगरले बिभिन्न चार बुदे माग सहित विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई संयुक्त ज्ञापन पत्र बुझाएको छ । सोमबार महानगरपालिकाका मेयर पराजुलीलाई भेटेर संयुक्त ज्ञापन पत्र बुझाएको हो ।

महानगरपालिका क्षेत्र भित्र रहेका निजी विद्यालयलाई कुनै पनि शुल्क नलिनको लागि परि पत्र पठाउन माग राखेका थिए । यसै गरी महानगरपालिका भित्रका क्याम्पसहरुमा उच्च शिक्षा हासिल गर्न टाढाबाट आउने विद्यार्थीहरुलाई लकडाउन अवधि भरको कोठाभाडा व्यवस्थापन गर्नुपर्ने माग समेत राखेका छन् ।

विद्यार्थी संगठन आम विद्यार्थीहरुको हक, हित, अधिकार स्थापित गर्न र समाजमा भएका समस्या समाधानको लागि राष्ट्रियता, सुशासन, अधिकार र न्यायको पक्षमा निरन्तर संघर्ष गरिरहने राष्ट्रिय विद्यार्थी संघ मोरङ जिल्ला संयोजक बिपुल झाले शताब्दी न्युजलाई बताए । प्रदेश नं १ को राजधानी समेत भएको कारण बिराटनगर महानगरपालिका शैक्षिक हबको रुपमा विकास गर्नपर्ने माग संयुक्त बिज्ञप्तिमा राखेका छन् ।

बिराटनगर महानगरपालिकाको कार्यक्षेत्र भित्र पर्ने कुराको छिट्टै सम्बोधन गर्ने र कार्यक्षेत्र बाहिर पर्ने कुरा सम्बोधन गर्न प्रदेश र संघीय सरकार समक्ष पहल गर्ने मेयर पराजुलीले बताएका छन् ।

यसै गरी केन्द्रीय विद्यार्थी नेता कमल पोखरेल भन्छन् – हाम्रा उपरोक्त मागहरुलाई यथाशिघ्र सम्बोधन गर्न हामी हार्दिक अनुरोध गर्दछौं, अन्यथा हामी थप आन्दोलन गर्न बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विराटनगरमा विद्यार्थी संङगठनद्वारा चार बुदे माग..." A few seconds ago

सम्बन्धित खवर