बेलबारी नगरपालिकाद्दारा कृषि औजार वितरण – Satabdi News

बेलबारी नगरपालिकाद्दारा कृषि औजार वितरण

असार १४, बेलबारी । बेलबारी नगरपालिकाले आफ्नो क्षेत्र भित्रका किसानलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर वितरण गरेको छ ।

बेलबारी नगरपालिकाले नगर भित्रका १६ जना कृषकलाई मकै छोडाउने थ्रेसर मेसिन र ५ जना मिनिटिलर बितरण गरीएको हो । नगरका विभिन्न वडाका कृषक समूह छनोट गरी खेतबारी जोत्ने मिनिट्रयाक्टर तथा थ्रेसर बितरण गरीएको हो ।

कृषिलाई आधुनिकीकरण र वैज्ञानिककरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उदेश्यले कृषक तथा कृषक समुहलाई अनुदानमा औजार बितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । परम्परागत खेतिलाई आधुनिक खेतिमा रुपान्तरण गर्दै जाने नगर प्रमुख सुवेदीले बताए   ।

केहि दिन अघि मात्रै सिचाइका लागि पानी तान्ने मोटर नगरपालिकाले वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाद्दारा कृषि औजार वितरण" A few seconds ago

सम्बन्धित खवर