ने.क.पा मोरङको आयोजनमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन – Satabdi News

ने.क.पा मोरङको आयोजनमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन

असार १४, बेलबारी । नेपाल कम्युनिष्ट पाटी ( नेकपा ) जिल्ला कमिटी मोरङको आयोजना वृक्षारोपण कार्यक्रम सम्पन भएको छ । मदन भण्डारी ६९औं जन्म जयन्ती तथा राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा नेकपा मोरङले वृक्षारोपण कार्यक्रम गरेको हो ।

बेलबारी नगरपालिका वडा नं ८ मा रहेको सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहको करिब ३ हेक्टर जमिनमा वृक्षारोपण गरिएको हो । नेपालमा पाईने बिभिन्न प्रकारका विरुवा मध्ये ५ प्रजातिका  ३२०० विरुवा रोपिएको हो ।

कार्यक्रमको प्रमुख अथिति १ नं प्रदेशका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की रहेको थियो । मोरङको बेलबारी नगरपालिका वडा नं ८ मा भएको बृहत वृक्षारोपण कार्यक्रमको प्रमुख अथिति १ नं प्रदेशका माननीय कानुन मन्त्री हिक्मत कार्की, वन तथा वातावरण राज्य मन्त्री विजय विश्वास, प्रदेश सभा सदस्य माननीय राजकसमार ओझा, जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेल, मोरङ जिल्ला इञ्चार्ज घनेन्द्र बस्नेत, सह इञ्चार्ज महेश रेग्मी, बेलबारी नगर प्रमुख ज्ञानेन्द« सुवेदी, उप प्रमुख ढाका कुमारी पराजुली, नेकपा बेलबारी अध्यक्ष पर्शुराम सुवेदी, लगायतका सयौंकोे उपस्तिथिमा वृक्षारोपण कार्यक्रम सम्पन भएको हो ।

वृक्षारोपण कार्यक्रम नेकपा बेलबारी कमिटिको व्यवस्थापनमा सम्पन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ने.क.पा मोरङको आयोजनमा बृहत वृक्षारोपण कार्यक्र..." A few seconds ago

सम्बन्धित खवर