विकास निर्माणका कामको अनुगमन गदै सांसद ओझा – Satabdi News

विकास निर्माणका कामको अनुगमन गदै सांसद ओझा

असार १४, बेलबारी । प्रदेश सभा सदस्य माननीय राजकुमार ओझाले संसद बिकास कोषबाट भईरहेको विकास निर्माणका कामको अनुगमन गरेको छ ।

शनिबार मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत सुन्दरहरैचा नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालन भइरहेका केही योजनाको प्रदेश सभा सदस्य ओझा सहितको टोलीले अनुगमन गरेको हो । सांसद विकास कोषबाट भईरहेको विकास निर्माणका काम मध्ये बासुकी ताल जाने बाटो, नवोदय मार्गको स्तर उन्नति, हेभन्ली पाथ भवन निर्माण, संगम मार्ग बाटोको, स्तर उन्नति, रिन्छेन छ्योलिङ बौद्ध गुम्बा निर्माणको अनुगमन गरिएको हो ।

अनगुमनपछि प्रदेशसभा सदस्य राजकुमार ओझाले विकास निर्माणका कामको सम्पन्न हुदै गरेको बताए । कतिपय योजनाहरु सञ्चालनको अन्त्यतर्फ आउँदा लकडाउन भएको र केही योजना शुरु हुनासाथ नै लकडाउन भएकाले काममा केही बाधा परे पनि समयमै काम सम्पन्न हुने सांसद ओझाले बताए । आगामी वर्षका लागि बजेट विनियोजन गरिएकाले थप योजनाहरु ल्याउने उनको भनाइ रहेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विकास निर्माणका कामको अनुगमन गदै सांसद ओझा" A few seconds ago

सम्बन्धित खवर