असार १४, दार्चला । जनता समाजबादी पार्टी डडेल्धुराले स्थानिय तहका जनप्रतिनिधिलाई कोराना नियन्त्रणका लागि थप व्यवस्थापनको पाटोलाई व्यवस्थित गर्न अनुरोध गरेको छ । पार्टीको शनिबार बसेको जिल्ला सचिवालय बैठकले चारवटा निर्णय गरेको जनाएको छ ।
मुख्यतया कोभिड–१९ को सम्बन्धमा, धन्यवाद ज्ञापन गर्ने सम्बन्धमा, विकास निर्माण कार्यको खवरदारी र स्थानिय स्तरमा जनगुनाँसो सम्बन्धमा, कार्यालय र पार्टीको कार्य व्यवस्थापन सम्बन्धमा, पार्टीको अगामी कार्ययोजना सम्बन्धमा, विदेश वा स्वदेश बाट हरेक स्थानियतहमा भित्रिएका बेरोजगार युवाको सम्बन्धमा गरि चार वटा निर्णय गरेको पार्टीका डडेल्धुरा अध्यक्ष लक्ष्मीकान्त पनेरुले बताए ।
ऐतिहासिक धार्मीक पर्यटकिय स्थल घटाल थान क्षेत्रमा बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइसरको संक्रमण डडेल्धुरा जिल्लाका सात वटै स्थानिय तहहरुमा दिनप्रति दिन बढ्दै गइरहेकोले यस्तो विषम परिस्थितिमा सबै स्थानिय तहका जनप्रतिनिधिलाई क्वारेन्टाइन व्यवस्थापन व्यवस्थित ढङ्गले संचालन गर्न पनि अनुरोध गरेको छ । केहि ठाउँमा क्वारेन्टाइन व्यवस्थापन फितलो भएको जनगुनासो आएकोले ती ठाउँका क्वारेन्टाईन व्यवस्थापन गर्न जनता समाजबादी पार्टीले अनुरोध गरेको हो ।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरडिटि मात्र गरेर घर पठाएको भन्ने व्यापक आलोचना भएको हुँदा आरडिटि मात्र गरेर घर पठाएको व्यक्तिको तुरन्त पिसिआर परिक्षण गर्नु हुनु र हाल क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको पिसिआर गरेर घर पठाउन पनि सबै स्थानिय तहलाई अनुरोध गरेको छ ।
जनता समाजबादी पार्टीले पिसिआर परिक्षणलाई द्रुत गतिमा अगाडि बढाउन डडेल्धुरा अस्पताल डडेल्धुरा लाई पिसिआर मेसिन उपलब्ध भै सकेकोले जति सक्दो चाँडो संचालनमा ल्याउन अस्पताल परिवारलाई पनि अनुरोध गरिएको छ ।
डडेल्धुराका सात वटै स्थानिय तहमा प्रदेश र केन्द्रबाट आएका विकास निर्माणका विभिन्न शिर्षकको बजेट र स्थानिय तहले छुट्याएको बजेट पारदर्शी नभएको सम्झौता अनुसार काम नगरी भुक्तानी दिने गरेको, धेरै ठाउँमा गुस्तरहिन काम भएको असार महिनामा विकासको नाममा रकम दुरपयोग गरी व्यापक आर्थिक अनियमितता भई रहेको जनतामुखी भन्दा व्यक्तिगतमुखी बजेट वितरण गरेको जनगुनाँसो आएका ले ति कुराको सत्यतथ्य बाहिर ल्याउन समाजबादी पार्टीले विभिन्न तह र तप्काका नेता कार्यकर्तालाई आफ्नो पायक पर्ने स्थानिय तहमा गई जनताका गुनाँसा संकलन गर्ने र विभिन्न शिर्षकमा तिनै तहले छुट्याएको बजेट संकलन गर्ने र सम्झौता अनुसारको काम भए नभएको बुझि राम्रो काम गर्नेलाई धन्यवाद र गलत विरुद्ध खबरदारी र पर्दाफास गर्ने निर्णय गरेको अध्यक्ष पनेरुले बताए ।
कोभिड–१९ को महामारीले गर्दा रोजगारीको सिलसिलामा देश बिदेशका विभिन्न ठाउँमा काम गर्न गएका हाम्रा दाजुभाई धेरै घर फर्किसकेका छन् भने अझै पनि आउने क्रम जारी रहेको छ । जसले गर्दा छिट्टै स्थानियतह हरुमा ठुलो संख्यामा बेरोजगारी सिर्जना हुने निश्चित देखिएको छ । जसले गर्दा भोलीको दिनमा द्धन्दात्मक स्थिति सिर्जना हुने खाद्य संकट जस्ता थुप्रै समस्या सिर्जना हुने भएकाले छिटो भन्दा छिटो स्थानिय सरकारले ति बेरोजगार युवाको लागी एउटा ठोस निति कार्यक्रमहरु बनाएर जानको लागी अनुराधे गर्ने र उनीहरुलाई कृषि, बन, भौतिक पूर्वाधार विकासका कार्यक्रम तर्फ जोड्ने र स्थानिय स्तरमा भएको जल, जमिन, जडिबुडी, जंगल, जनावर सवैको सदुपयोग गराई, सवैलाई आत्मानिर्भर हुने खालका कार्यक्रमहरु ल्याउन डडेल्धुराका सबै स्थानियतह हरुलाई अनुरोध गर्ने निर्णय गरेको उनले बताए ।