असार १३, काठमाडौं । कोरोना महामारीमा छिमेकी देश चीनले नेपाललाई नराम्ररी झुक्काएको छ। कोरोना परिक्षण सुस्त बनिरहेका बेला चीनले अनुदानका नाममा नेपाललाई झुक्काएको हो।
स्वास्थ्य मन्त्रालयको चरम लापरर्वाहीका कारण चीनले नेपाललाई गुमराहमा राखेको छ । नेपालको प्रयोगशालामा काम नलाग्ने कीट दिरहेको जनस्वास्थ प्रयोगसशालाका अधिकारीको बुझाई छ । पछिल्लो समय कुन प्रयोगशालामा किट प्रयोग गर्न सकिन्छ भनेर अध्ययन समेत नगरी सेनालाई खरिद गर्न दिइएका किट अहिले काम नलाग्ने भएर प्रयोगशालामा थन्किएका छन्।
सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा समस्या भएको हो । नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने अध्ययन समेत नगरी राज्यको ६ करोड ढुकुटी सिध्याएको छ । दुई महिना अघि चीनको तिब्बत सरकारले ३० हजार किट अनुदानमा दिएको थियो । तर, ती किट ‘वान एमएल’ पद्धतिको भएकाले प्रयोग नगरी गोदाममा राखिएको छ ।
राष्ट्रिय प्रयोगशालाले चीन सरकारले दिएको किट र सेनाले खरिद गरेका किट प्रयोग नगर्ने बताएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सेनाले ल्याएको किट सानस्योर बायोटेक कम्पनीको हो । उक्त किटका लागि सोही कम्पनीको मात्र भाइरल ट्रान्सपोर्ट मिडिया ( भिटिएम ) प्रयोग हुन्छ।