असार १२, दार्चुला । दार्चुलामा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा जिल्लाको शैल्यशिखर नगरपालिकाका तिन जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिएको हो ।
असार २ गते उनिहरुमा गरिएको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वाव संकलन गरी पिसिआर परिक्षणका लागी धनगढी पठाइएको थियो । धनगढीबाट काठमाण्डौँ पठाइएको स्वाव परिक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण पुष्टी भएको उहाले बताउनुभयो । भारतबाट आएका उनिहरु अहिले गोकुलेश्वर स्थित आइसोलेसनमा बसेका छन् ।
जिल्लाबाट पिसिआर परिक्षणका लागी पठाएको २ सय २८ जनाको स्वाव मध्ये हाल सम्म १ सय ३३ जनाको रिपोर्ट आइसकेको उहाले बताउनुभयो । बाकी रहेका ९५ जनाको पिसिआर परिक्षणको क्रममा रहेको उहाको भनाई छ ।