एजेन्सी । फा्रन्सको राजधानी पेरिसमा रहेकोे आइफल टावर १ सय ४ दिन पछि पहिलो पटक पुर्ण खुल्ला गरिएको छ । कोरोना भाइरस महामारीका कारण मार्च देखि बन्द रहेको टावर जुन २५ बाट देखि खुल्ला गरिएको हो ।
विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको टावर अझै केही समय पर्यटकका लागि भने खुला नगरिने जनाइएको छ । बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टावरको दोस्रो तल्ला सम्म चढेका छन् । सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टावरको लिफ्ट भने बन्द गरिने जनाइएको छ ।