जन्मदिनको अवसरमा आपको विरुवा रोप्दै मुख्यमन्त्री राई – Satabdi News

जन्मदिनको अवसरमा आपको विरुवा रोप्दै मुख्यमन्त्री राई

असार ११, बिराटनगर । प्रदेश नं १ का माननीय मुख्यमन्त्री शेरधन राईले आँपको बिरुवा रोपेका छन् । असार ११ बिहिबार जन्मदिन परे संगैे मुख्यमन्त्री राईले उन्नत जातको आँपको बिरुवा रोपेको हो ।

प्रदेश नं १ लाई आगामी बर्षमा फलफुलको दशक बनाई फलफुलको राजधानी समेत बनाउने मुख्यमन्त्री राईले बताए । सरकारले आगामी दशकलाई फलफुल दशक बनाई प्रदेशलाई फलफुलको राजधानी बनाउने घोषणा सहित रोपेका हुन । आफ्नो निती, कार्यक्रम र बजेटबाट गरेको परिप्रेक्ष्यमा जन्म दिनको अवसर पारेर एउटा मिठो जातको आँपको बिरुवा रोपेर शुरुवात गरेको हो । उनले आगामी बर्षहरुमा यस थालनीलाई निरन्तरता दिने बताएका छन् ।

माननीय मुख्यमन्त्री शेरधन राईले लेखेको फेसबुक स्टाटस उनकै शब्दमा, “आज मेरो बास्तिवक जन्म दिन आषाढ ११ गते बिहीवार! संयोग ठ्याक्कै बार पनि मिलेछ । सर्बप्रथम यस धर्तीमा जन्म दिनु हुने मेरो पुजनीय आम्मा आप्पालाई ह्दयदेखि नै सेवाढोग गर्न चाहन्छु र वहाँहरुको सु–स्वास्थ र दिर्घायुको कामना गर्दछु !!! बर्थडे सेलेब्रेसन गर्ने चलन गरेको छैन !!! तर मैले हजारौं लाखौं आर्शीबाद र शुभकामना लिने ग्रहण गर्ने गरेको छु, मलाई शुभकामना लगातार बिभिन्न माध्यमबाट प्राप्त भइरहेको छ । म सबैलाई एकमुष्ट रुपमा हार्दिक हार्दिक धन्यबाद ब्यक्त गर्दछु !!! यसपटक बाट मैले नयाँ थालनी गरेको छु, अर्थात प्रदेश सरकारले आगामी दशकलाई फलफुल दशक बनाई प्रदेशलाई फलफुलको राजधानी बनाउने घोषणा यसपटकको आफ्नो निती, कार्यक्रम र बजेटबाट गरेको परिप्रेक्ष्यमा मैले मेरो जन्म दिनको अवसर पारेर एउटा मिठो जातको आँपको बिरुवा रोपेर शुरुवात गरेको छु । आगामी बर्षहरुमा यस थालनीलाई निरन्तरता दिने बाचा सहित पुन सबैमा हार्दिक आभार एबं धन्यबाद प्रकट गर्दछु । धन्यबाद !!! ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जन्मदिनको अवसरमा आपको विरुवा रोप्दै मुख्यमन्त्र..." A few seconds ago

सम्बन्धित खवर