कोभिड–१९ को संक्रमणबाट थप दुईको मृत्यु, – Satabdi News

कोभिड–१९ को संक्रमणबाट थप दुईको मृत्यु,

असार ११, बेलबारी । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

महालक्ष्मी नगरपालिका–५ ललितपुर निवासी एक पुरुषको बुधबार बिहान पाटन अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा चितवन निवासी ४९ वर्षीय पुरुष रहेका छन् । त्यसतै आँधीखोला गाउँपालिका–१ निवासी सिरुवारीका ५५ वर्षीय पुरुष असार १० गते राति मृत्यु भएको हो । उनमा निमोनिया र मधुमेहको पनि समस्या भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयू कक्षमा उपचारत गराएका थिए ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको स्वास्थ तथा जनसंङख्या मन्त्रालयले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोभिड–१९ को संक्रमणबाट थप दुईको मृत्यु," A few seconds ago

सम्बन्धित खवर