बेलबारी न.पाले आ.ब ०७७/७८ को लागि १अर्ब, १३करोड, ५६लाख, ९हजार, ९सय, ६५ रुपैया बजेट बिनियोजन (फोटो फिचर) – Satabdi News

बेलबारी न.पाले आ.ब ०७७/७८ को लागि १अर्ब, १३करोड, ५६लाख, ९हजार, ९सय, ६५ रुपैया बजेट बिनियोजन (फोटो फिचर)

असार १०, बेलबारी । बेलबारी नगरपालिकाको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीको अध्यक्षतामा छैठौं नगरसभा सम्पन्न भएको छ ।

बेलबारी नगरपालिकाको चालु आर्थिक बर्ष ०७६/७७ को संशोधित आय ब्यय तथा आगमी आर्थिक बर्ष ०७७/७८ को प्रस्तावित बजेट नीति तथा कार्यक्रमको बारेमा उप–प्रमुख ढाका पराजुलीले प्रस्तुत गरेका थिए । २०७७/७८ को प्रस्तावित बजेट कुल १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५  ( १,१३,५६,०९,९६५ ) रहेको बताए ।

अघिल्लो बर्षको तुलनामा यस बर्ष सामाजिक बिकाश अन्तर्गत केहि शीर्षकमा थप योजना रकम छुटाईएको छ । लक्षित बर्गको कार्यक्रममा उज्यालो बेलबारी कार्यक्रम, अति बिपन्न परिवारलाई खाद्य सुरक्षा कार्यकम, छात्रवृत्ति प्रथम जाति, दलित पिछडाबर्ग, आदिवासी जनाजाती तथा बिपन्न बर्ग, शिशु स्याहार भत्ता, दलित फुट फेस्टिवल तथा स्थानीय उत्पादन प्रदर्शनी रहेको छ । यस्तै आर्थिक बिकाश अन्तगर्त मा भेटनरी तालीम तथा औजार औषधि सहयोगमा रकम छुटाईएको छ ।

नगर सभाको अन्त्यमा नगरप्रमुखले २०७७/७८ को प्रस्तावित शीर्षकहरुमा आएको बजेट यो नै अन्तिम निर्णय होईन । प्रस्तावित शीर्षकको बजेट माथि फेरफेर पनि हुन सक्छ । किन कि हामी निरन्तर छलफलमा नै रहेको छौं । नगर सभाको बजेटको अन्तिम बैठक असार २९ गते हुने कुरा नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी न.पाले आ.ब ०७७/७८ को लागि १अर्ब, १३करोड..." A few seconds ago

सम्बन्धित खवर