अनेरास्ववियूद्वारा एमसीसीको विरोध गदै विराटनगरमा विरोध प्रदर्शन – Satabdi News

अनेरास्ववियूद्वारा एमसीसीको विरोध गदै विराटनगरमा विरोध प्रदर्शन

असार १०, विराटनगर । सत्तारुढ दल नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले एमसीसी सम्झौताको विरोध गदै विराटनगरमा विरोध प्रदर्शन गरेको छन् । बुधबार एमसीसी संसदबाट अनुमोदन गर्न नहुने भन्दै विराटनगरको ट्राफिक चौकमा विरोध प्रदर्शन गरेको हो ।

एमसीसीका कतिपय बुँदाहरु राष्ट्रहित विपरीत भएकोले नेपालीको स्वाभिमान सँग सम्झौता गर्न नहुने भन्दै विभिन्न प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा अनेरास्ववियूका केन्द्रिय नेता तथा मोरङ विद्यार्थी इन्चार्ज ओसिम आलम, अनेरास्ववियूका जिल्ला स्तरिय नेताहरूको उपस्तिथि रहेको छ ।

अनेरास्ववियूका मोरङ इन्चार्ज ओसिम आलमले ‘विरोध प्रदर्शनमा बोल्दै नेता ओसिम आलमले एमसीसी सम्झौता हुबहु संसदबाट पास गरे त्यो राष्ट्रघात हुने र नेपाल नेपालीको स्वाभिमान विरुद्धको सम्झौता अनेरास्ववियूले स्विकार नगर्ने बताए ।’

अमेरिकी साम्राज्यवाद मुर्दावाद, सरकार भिख मागेर समृद्धि आउँछ ? एमसीसी लागू गर्दा नेपाली सुखी हुन्छ, के ५५ अर्ब नेपालीको स्वाधीनता र स्वाभिमानको मुल्य हो ‘ जस्ता नारा प्लेकार्ड सहित नारा लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अनेरास्ववियूद्वारा एमसीसीको विरोध गदै विराटनगरम..." A few seconds ago

सम्बन्धित खवर