इटहरी उपमहानगरपालिकाको आ.व ०७७/७८ को लागि १ अर्व ७८ करोडको बजेट सार्वजनिक – Satabdi News

इटहरी उपमहानगरपालिकाको आ.व ०७७/७८ को लागि १ अर्व ७८ करोडको बजेट सार्वजनिक

असार १०, इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का १ अर्व ७८ करोडको बजेट सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले बुधबार आ.ब २०७७/०७८ को बजेट प्रस्तूत गरेकी छिन् । चालुतर्फमा ७१ करोड ७५ लाख, पूँजीगत तर्फ १ अर्व ४ करोड ८५ लाख र वित्तीय व्यवस्था तर्फ १ करोड ४० लाख अनुमान गरिएको छ । उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रमश २ करोड ५० लाख र २ करोड, बिनियोजन गरेको छ । यस्तै गरीब तथा बिपन्न बर्गहरुमा आवास निर्माणको लागि ५० लाख छुटाएको छ । त्यस्तै कृषि र पशु विकास लागि ३ करोड ७५ लाख बिनियोजन गरेको हो ।

तटबन्धन निर्माणको र योजना संचालनका लागी रु १ करोड ५० लाख, नगरमा यातायात, सडक सुशासन कार्यक्रमका लागि ५० लाख, स्मार्ट पार्किङ योजना संचालनका लागि रु ५ करोड २५ लाख, विपद व्यवस्थापनका लागी रु १ करोड, इटहरी क्षेत्रको भित्र रहेका संञ्चार माध्यमलाई विकासको निम्ति, २५ लाख बजेट विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "इटहरी उपमहानगरपालिकाको आ.व ०७७/७८ को लागि १ अर्..." A few seconds ago

सम्बन्धित खवर