असार ९, विराटनगर । संघीय सरकारको राज्य व्यवस्था तथा सुसाशन समितिद्वारा परित गरिएको नागरिकता विधेयक फिर्ताको माग गर्दै विरोध प्रर्दशन भएको छ ।
मङ्गलबार विराटनगरमा जनता समाजवादी पार्टी नेपालले नागरिकता विधेयक फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनकारी बिरमटनगर क्षेत्रको मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिरबाट ट्राफिक चोकसम्म नागरिकता विधेयक खारेज गर, धार्मिक सांस्कृतिक सम्बन्ध बिर्गान पाईदैन, महिला माथिको विभेद अन्त्य गर र नेकपा सचिवालय निर्णय मुर्दावाद लगायतका नारा र प्ले कार्ड सहित प्रर्दशन गरेको छ ।
जनता समाजवादी पार्टीका नेता कमल पोखरेलले नेपालको अन्तरिम संविधानको पाएको अधिकार नेकपा सरकारले बिद्येयक मार्फत खोस्न खोजेको भन्दै सरकारको चर्को विरोध गरेको छ । प्रर्दशन लगत्तै भएको कोणसभामा भने जनता समाजवादी पार्टी नेपालका प्रदेश तथा जिल्लास्तरीय नेताहरु राजकुमार यादव, राजेन्द प्रसाद गुप्ता, मोहम्मद नसरुल, मोहम्मद कादिर, राधे कामत र श्री राम कामत लगायतले प्रस्तावित नागरिकता विद्येयकको सम्बन्धमा चर्को आलोचना गरेको छन् ।