किरात राई विद्यार्थी संघद्वारा द्रोसो चरणको राहत बितरण सम्पन – Satabdi News

किरात राई विद्यार्थी संघद्वारा द्रोसो चरणको राहत बितरण सम्पन

असार ९, काठमाडौं । किरात राई विधार्थी संघ केन्द्रीय कार्य समितीद्वारा द्रोसो चरणको राहत बितरण कार्य सम्पन भएको छ । आज   मङलबार काठमाडौं उपत्यकामा कोरोना भाईरसको सङक्रमण र लकडाउनको कारण अत्त्याधिक समस्या ग्रस्त ४५ जना विधार्थीहरु र अस्थायी श्रमिकहरुलाई दोस्रो पटक राहत वितरण गरिएको हो ।

लकडाउनका कारण खाद्यान्न र आर्थिक समस्यामा परेका विद्यार्थी र मजदुर वर्गलाई संघले उपत्यका मा राहात उपलब्ध गराएको संघका सङ्गठन विभाग प्रमुख झिल खिम्बुले राईले वताएका छन् ।

विद्यार्थीहरुको गुनासो र समस्याहरुलाई मध्यनजर गर्दै आफुहरु मध्यस्थ कर्ता भैइ यो संकटको घडिमा दाताहरु सङ्ग समन्वय गरि राहात सामग्रीको ब्यावस्थापन गरेको संघका केन्द्रिय अध्यक्ष राम चन्द्र राईले वताएका छन् ।

संघका संगठन विभाग प्रमुख झिल कुमार खिम्बुले राई अनुशासन बिभाग प्रमुख पनन राई, केन्द्रीय सदस्य सजिना याम्फु राई, इशाहक राई, ज्ञानदिप राई, इमान राई, योगेन्द्र राई लगायतको उपस्तिथिमा बिद्यार्थीहरुले राहत वितरण गरेको हो । प्रति विद्यार्थी र मजदुर चामल १ बोरा, तेल १ लिटर नुन पोका र दाल १ केजि वितरण गरेको हो । संघले यस भन्दा अघि पनि उपत्यकामै ५० परिवारलाई राहत वितरण गरिसकेको छ।

आफुहरु किरात राई समुदायको हक अधिकार पहिचान सुनिस्चित गराउन मात्र हैन युवा विद्यार्थीहरुको जनजिविका र आम समस्याहरु लाई सम्बोधन गर्दै अधिकार प्राप्ती को आन्दोलनमा समेत अग्रमोर्चामा उभिने प्रतिवद्द भएर लागेको हुदा सदैव विद्यार्थीहरु माझ नै रहिरहने अध्यक्ष राइको जिकिर छ ।

तेस्रो चरणमा पुर्वको धरान, इटहरी, दमक, झापामा समेत राहत वितरण गरिने संघले वताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई विद्यार्थी संघद्वारा द्रोसो चरणको राह..." A few seconds ago

सम्बन्धित खवर