ओली नेतृत्वको सरकारले चीनसंगको सम्झैतापछि नागरिकता विधेयक ल्याएको हो - जसपा – Satabdi News

ओली नेतृत्वको सरकारले चीनसंगको सम्झैतापछि नागरिकता विधेयक ल्याएको हो – जसपा

असार ८, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्बसम्मतले पारित गरेपछिे सिमामा रहेका नेपालीलाई बिहे गर्न नै अप्ठ्यारो पर्ने देखिन्छ । नागरिकता विधेयकले मित्र राष्ट्रसंगको सम्बन्ध नचिसिएला भन्न पनि सकिदैन । नेपालीहरु संग बिहेबारी अहिले देखि नभएर पहिले देखिको चली आएको छ ।

संघीय सरकारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक बहुमतले पारित गरेपछि तराई मधेशमा विरोध सुरु भएको हो । उक्त विधेयकको विरोधमा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी नेकपा कै मधेशी नेताहरुले समेत विरोध गर्न थालेका छन् । अहिले नेकपा नेतृत्वको सरकार चीनको इसरामा नागरिकता विधेयक ल्याएको नेकपाका एक नेताले बताए । शुक्रबार मात्र नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीले भिडियो कन्फेरेन्स गरेर चिनियाँ संगको सहमतिमा नेपालले नागरिकता विधेक लिएको बताए ।

राजपाका नेताका अनुसार ओली सरकारले अहिले चीनको इसरामा लागेर नेपाललाई भारत माथी प्रयोग गर्दैछ । तर भारत संगको सम्बन्ध बिग्रीए नेपालको अर्थतन्त्र धरासाही हुने खतरा बढेको राजपा एक नेताले बताए ।

अहिले लकडाउनमा जनतालाई जोगाउनु पर्ने बेला हो सरकार अहिले छिमेकी भारतसंगको सम्बन्ध बिग्रीए चिनले नेपाललाई आफ्नो कब्जामा राख्ने रणनीति बनाएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओली नेतृत्वको सरकारले चीनसंगको सम्झैतापछि नागरि..." A few seconds ago

सम्बन्धित खवर