वैवाहिक अङ्गीकृत नागरिकताको विषयलाई लिएर काँग्रेसद्वारा विरोध प्रदर्शन – Satabdi News

वैवाहिक अङ्गीकृत नागरिकताको विषयलाई लिएर काँग्रेसद्वारा विरोध प्रदर्शन

असार ८, सिरहा । सात वर्षपछि विदेशी बुहारीलाई वैवाहिक अङ्गीकृत नागरिकता दिने निर्णय गरे संगै सिराहामा विरोध प्रदर्शन भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकताको विषयलाई लिएर निर्णयको विरोध प्रदर्शन गरेको हो ।

सातवर्ष पछि विदेशी बुहारीलाई वैवाहिक अङ्गीकृत नागरिकता दिने निर्णय भन्दै सदरमुकाम सिरहामा दुवै पार्टीले अलग अलग रुपमा विरोध प्रर्दशन गरेका  हो । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकार विरुद्ध चर्का नारावाजी गर्दै विभेदकारी नागरिकता विधेयक खारेजका साथै स्वास्थ्य सामग्रीमा भैरहेको भ्रष्टाचारको छानविनको माग गरेको छ । यता जनमत पार्टीले विरोध जुलुस निकाल्दै चर्को नाराबाजी गर्दै सात वर्षे प्रावधानले विभेद गर्न खोजेको भन्दै नाराबाजी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वैवाहिक अङ्गीकृत नागरिकताको विषयलाई लिएर काँग्र..." A few seconds ago

सम्बन्धित खवर