बेलबारी नगर प्रमुख सुवेदी र उप–प्रमुख पराजुली कृषकको खेतबारीमा – Satabdi News

बेलबारी नगर प्रमुख सुवेदी र उप–प्रमुख पराजुली कृषकको खेतबारीमा

असार ६, बेलबारी । बेलबारी नगर प्रमुख ज्ञानेन्द सुवेदी र उप-प्रमुख ढाका कुमारी पराजुली शुक्रवार कृषकको बारीमा पुगेका छन् ।

बेलबारी नगरपालिकाले वडा– ४ मा कृषक पाठशाला मार्फत २५ जना भन्दा बढी महिलालाई ब्याबसायिक तरकारी खेती गर्न सिकाए संगै आर्थिक तथा प्राविधिक सहयोगमा महिलाहरुले करेला खेति गरीरहेका छन ।

नगर प्रमुख सुवेदीले कृषकको उत्पादन हेर्दै बेलबारी नगरपालिकाले सामुहकि खेतीलाई अझ प्रोत्सान गदै कृषकलाई सहयोग गर्न तयार रहेको समेत बताए ।

यस्तै उपमेयर पराजुलिले ज्ञान र सिप संगै उन्नत जातका बीउ विरुवा लगायत यन्त्रीक उपकरण वितरण गदै ब्यासायिक कृषिमा लाग्न सवैलाई आग्रह सबैलाई आग्रह गरेकी छिन् ।

कृषिलाई थोरै लगानिमा धेरै उत्पादन दिने गरी पाठशाला नै स्थपना गरेर ब्याबसायिक बनाउन थालिएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिनोद दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगर प्रमुख सुवेदी र उप–प्रमुख पराजुली क..." A few seconds ago

सम्बन्धित खवर