असार २, किर्तिपुर । रुकुम पश्चिममा भएको नवराज विक सहित पाच जनाको सामुहिक हत्या र देशभरि भइरहेको दलित समुदाय माथि हत्या तथा जातिय विभेद विरुद्ध साङ्केतिक विरोध स्वरुप आज किर्तिपुरको लोकतान्त्रिक चोकमा नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्टिय सम्पर्क कमिटीको संयुक्त आयोजनामा सडकमा नेता र कलाकार संगसगै भन्ने शिर्षकमा सडक सभा सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य, प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री छविलाल विश्वकर्माले अपराधीको कुनै पार्टी, जात, धर्म नहुने भन्दै अपराधीलाई बचाउन नेकपा कदापि लाग्ने छैन यसमा सबै विश्वस्त हुन पर्ने बताए । उनले नवराज विक सहित पाच जनालाई जातिय कारणले नै मारेर भेरीमा फालिएको पनि बताए । पीडकका समुदायले न्याय नपाए सम्म राजनितिक क्रान्ति सम्पन्न नहुने भन्दै व्यवस्था परिवर्तनले मात्र दलित मुक्ति नभएको र साँस्कृतिक रुपान्तरणको लागि सबै वर्ग समुदाय एक हुन पर्ने बताउनु बताए । त्यस्तै कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अन्जना विशन्खेले हाम्रा पार्टीहरुमा जातिय भेदभावको बारेमा कुरा उठ्न जरुरी रहेको बताईन । उनले रुकुम नरसंहार लगायत दलित समुदाय माथिको हत्याको बारेमा पार्टी कमिटीको बैठक बस्नु पर्ने माग पनि गरिन् ।
त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष तथा नेकपा केन्द्रीय सदस्यले माधव ढुङगेलले अब दलित समुदायको न्यायको लागि दलितका संगठन मात्र नभई राष्ट्रिय युवा संघ र अनेरास्ववियू जस्ता परिवर्तनका वाहक संगठनहरु बोल्नु पर्ने बताउनु बताए । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका पुर्व अध्यक्ष तथा लोकप्रिय गायक बद्रि पंगेनीले उत्पिडित समुदायले समानता आउला भनेरै यो व्यवस्था ल्याएका हुन । ठुला जातिसंग संगै बसेर खाना खानु नै उपलब्धि जस्तो दलित अन्दोलनको मर्म नरहेको पनि बताए । दलितले भने जस्तो लोकतन्त्र नभएको पनि गित मार्फत भने ।
कार्यक्रममा हुम गेरैले पनि जातिय विभेदलाई संविधानमा हटाए पनि व्यवहारमा सबै पक्ष चुकेको बताए त्यस्तै कार्यक्रममा अनेरास्ववियू का नेता मोति वि.क . नेकपा किर्तिपुर का नगर अध्यक्ष विकास महर्जन ले सम्बोधन गरेका थिए । स्थानिय कलाकार वीर प्रसाद वन्शारी र गुजय मालाकारले नेपाल भाषामा जातिय विभेदका बारेमा गीत गाउनु गएका थिए । कार्यक्रम रवि सेन्चुरीको अध्यक्षता र रामलाल राजवंशी विकेको संचालनमा सम्पन्न भएको थियो ।