असार २, बेलबारी । बेलबारी नगरपालिकाको पुर्व पश्चिम राजमार्गमा अन्तरर्गत रहेको लोहन्द्रा पुलमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
को १ क ३२५० नम्बरको टिफरले को ३२ प ६६७६ नम्बरको पल्सर मोटरसाईकल ठोक्किँदा मोटरसाइकलमा सवार बेलबारी १ का २९ वर्षिय अनिल धिमाल घाईते भएका हो। धिमालको उपचारका लागि नाबेल अस्पताल लगिएकोमा राति ८ ३० बजे मृत्यु भएको प्रहरीले बताएको छ । सुन्दरहरैचा ७ का ४९ बर्षिय टिफर चालक अशोकलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।