युवाहरुको आन्दोलनलाई जसपाको साथ, दमन रोक्न माग – Satabdi News

युवाहरुको आन्दोलनलाई जसपाको साथ, दमन रोक्न माग

बेलबारीमा विरोध प्रदर्शनको तस्विर

असार १, बेलबारी । जनता समाजवादी पार्टी नेपालले शान्तिपूर्ण रुपमा भइरहेको जनप्रदर्शनमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाएको छ। आज पार्टीका केन्द्रीय अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै जनताको आवाज सुन्नुपर्ने अवस्थामा सरकारले हेपाहा प्रवृति देखाएको बताएका हुन्।

उनीहरुले दमन रोकेर जनताका आवाजको तुरुन्त सम्बोधन गर्न पनि माग गरेका छन्।

‘सरकारले जनताका आवाजलाई सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेकोमा भर्त्सना गर्दछौं। दमनात्मक कार्यलाई बन्द गरी जनताका न्यायोजित आवाजलाई तुरुन्त सम्बोधन गरिनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

जनता समाजवादीले कोरोना महामारी नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको निश्कर्ष निकालेको छ। स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योगलगायत आर्थिक क्षेत्रमा चरम भ्रष्टाचार, संकट र अनियमितमा बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ। त्यसैले जनप्रदर्शन भइरहेको सो पार्टीको ठहर छ।

केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन भइरहेको छ। जसमा प्रहरीले पानीको फोहरा, अश्रुर ग्यास प्रहार गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "युवाहरुको आन्दोलनलाई जसपाको साथ, दमन रोक्न माग" A few seconds ago

सम्बन्धित खवर