जनता आवास मार्फत बनाएको घर विवादमा, आर्थिक अनियमितता भएको आशंका – Satabdi News

जनता आवास मार्फत बनाएको घर विवादमा, आर्थिक अनियमितता भएको आशंका

असार १, बेलबारी । बेलबारी नगरपालिका र साहारा नेपालको समन्वयमा बेलबारी–३ मा रहेको सिम्पाने टोलमा निर्माण भईरहेको घरहरुमा विवाद साथै आर्थिक अनियमितता भएको आशंका गरिएको छ ।

गरिब, असाहय तथा विपन्न बर्गहरुलाई लक्षित गरी बनाएको घरहरु मापदण्ड बमोजिम नभएको जनगुनासो आएको छ । घर निर्माण गरिरहदा कमसल ईटा, सिमेन्ट र कुकाठ प्रयोग गरेर अनियमितता भएको पाईएको छ । प्रति घर १३ सय ईट्टा छुटाए पनि कुनै–कुनै घरमा भने तोके बमोजिम ईट्टा नभएको पाईएको छ । उता गिटी र बालुवामा पनि बजार मुल्य भन्दा केही रकम बढेको पाईएको छ । गाउमा व्यक्तिगत घर बनाईरहदा प्रति ट्याक्टर २२ सयले झारे पनि आवास निर्माणमा भने २४ सयले गिटी, बालुवा झारिएको पाईएको छ । उता घरको छाना प्रयोग गर्नका ल्याएको काठ समेत किराले खाएर काम नदिने र बाङगो पाईएको छ ।

यसै विच उपभोक्ता समितिका सचिव धन बहादुर थापाले, “ गरिव तथा विपन्न बर्गहरुलाई लक्षित गरि आएको रकममा हामीले कुनै आर्थिक अनियमितता गरेको छैन । विपन्न बर्गहरुमा आएको रकम खानु त के उल्टै सहयोग गर्ने बताएको छ । उनले लकडाउनमा गरीव तथा विपन्न वर्गहरुलाई १५ हजार बराबरको राहत स्वरुप चामल वितरण गरेको पनि उनले बताए ।”

यता वडा नं–३ वडा सदस्य निशानिकरण राईले, “गरिव, असाहय र विपन्न वर्गहरुलाई नगरपालिका र साहारा नेपालले निशुल्क निर्माण भईरहेको घरमा अनियमितता भएको हुन सक्ने बताए । उनले बालुवा र गिटीमा बजार मुल्य भन्दा केही महगो भएको पनि बताए । उपभोक्ता समितिले यो निर्माणको विषयमा विज्ञहरु संग छलफल र प्रतिकृया नलिए पछि यस्तो विवाद आएको उनले बताए ।”

यता बेलबारी नगरपालिकाका प्रवक्ताले, “सिम्पानेमा निर्माण भईरहेको घरमा सबै युवा मिलेर छिटो बनाउनु पर्ने बताएको छ । उनले केही महिना अघि चलाएको तालिमले सबै युवाहरुमा आउनु पर्नेमा जोसजागर नै हराएको पनि बताए । ”

साहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यमा बेलबारी नगरपालिकाले गरिब असाहयहरुलाई बेलबारी ३ मा ४० वटा बेलबारी ११ का ४० वटा, ४ नम्बर वडामा २० वटा घर निर्माण भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनता आवास मार्फत बनाएको घर विवादमा, आर्थिक अनिय..." A few seconds ago

सम्बन्धित खवर