प्रदेश सरकारको आ.ब ०७७/७८ को बजेट ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार – Satabdi News

प्रदेश सरकारको आ.ब ०७७/७८ को बजेट ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार

असार ०१, बेलबारी । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले रु ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ ।

आज प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पेश गरेको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार , ४६ .२९ % चालूतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३.७१ % विनियोजन गरेको छ । वित्तिय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ रहेको छ । यस्तै अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरेको छ ।

उक्त बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारको छ ।

गत वर्ष प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, आन्तरिक राजस्वमा आएको संकुचन तथा संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड वापतको रकम पनि कम भएकोले चालू आर्थिक वर्षको बजेट ३३ अर्ब मात्रै उपलब्ध हुने प्रदेश सरकारको संशोधित अनुमान छ ।

आगामी बजेटको लागि संघीय सरकारबाट प्राप्त हुने स्रोत मात्र संकुचन भएको छैन चालू आर्थिक वर्षमा प्रदेशको राजश्व संकलन पनि प्रभावित भएको छ । प्रदेश सरकारले ३ अर्ब ८६ करोडको आन्तरिक राजस्व उठ्ने अनुमान गरेकोमा त्यो सवा अर्बमा खुम्चिएको छ ।
हाम्रोमतबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश सरकारको आ.ब ०७७/७८ को बजेट ४० अर्ब ८९ कर..." A few seconds ago

सम्बन्धित खवर