
असार ०१, बेलबारी । १ नं प्रदेश सरकारले सबै स्थानीय तहलाई अनुदान स्वरुप १ करोड ५० लाख उपलब्ध गराउने भएको छ ।
सोमबार प्रदेशसभामा आर्थिक मामिला योजना मन्त्रि इन्द्र बहादुर आङ्ग्बोले बोल्दै आगामी आर्थिक वर्षको ०७७/०७८ को बजेट पेस गर्दै प्रदेश भित्रका सबै स्थानीय तहहरुलाई बराबर रुपमा बजेट छुट्याएको बताएको हो । उनले बित्तिय समानीकरणको लागि ५० लाख र समपुरक अनुदान १ करोड उपलब्ध गराएको पनि प्रष्ट पारे ।