जेठ ३२, बेलबारी । काेडिभ १९ काेराेना भाईरस नियन्त्रणकाे क्षेत्रमा सरकारले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेकाे भन्दै माेरङकाे बेलबारीमा युवाहरुले प्रदर्शन गरेका छन् ।
आइतबार मालपाेत चाैक देखि सुरु गरेकाे र्याली पुरानाे बेलबारी पुगेर पुन नया बेलबारी सम्म आएर ३० मिनेट उभिएर माैन प्रदर्शन गरेका थिए । र्यालीमा विभिन्न नारा अंकित ब्यानर र राष्ट्रिय झण्डा बाेकेर युवाहरुले स्वस्फुर्त सहभागीता जनाएका थिए । उनिहरुले नक्साकाे लागि धन्यवाद सरकार, अब गराउ पिसिआर, कार्पेट हाेईन्, साेच बदलाै, सरकार जरिवाना सहित आएकाे छ, सरकारकाे सराेकार, कार्पेट कि पिसिआर, देश लुट्न पाईदैन्, क्वारेन्टाईनमा मान्छे थुपार्ने काेराेना सार्ने मान्छे मार्ने ?, १० अर्ब खाेई ? ओलि तिम्राे पाराले दुख पाए साराले लगायत लेखिएकाे प्ले कार्ड बाेकेर सयाैका संख्यामा युवाहरुकाे प्रदर्शनमा सहभागीता रहेकाे थियाे । काेराेना भाईरसका कारण मुलुक समस्यामा परिरहेकाे बेला समेत सरकार भ्रष्टचारमा लिप्त हुनु, काेराेना नियन्त्रणका लागि सरकारले प्रभावकारी भुमिका निर्वाह गर्न नसक्नु, सरकार छ कि छैन् भन्ने स्थिति सम्म पुग्नु गम्भीर बिषय भएकाेले सरकारलाई सचेत गराउन सरकार बिरुद्ध माैन प्रदर्शन गरिएकाे अभियन्ता मध्येका एक ऋषि राईले बताउनु भयाे । प्रदर्शनकारीहरुले एकै स्वरमा राष्ट्रिय गित समेत गाएका थिए । बेलबारी नगरपालिका स्वास्थ्यमन्त्री भानुभक्त ढकालकाे निर्वाचन क्षेत्र समेत हाे ।
(फोटो फिचर)