जेठ ३०, भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ की १४ वर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ । को २ त ८७१४ नम्बर ट्याक्टर नियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खस्दा त्यसमा सवार उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक भोजपुर आमचोकका मानबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरु पाँचजनालाई उपचारका लागि विराटनगर ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको देवानगञ्ज–७ की एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । सुनसरीको देवानगञ्ज–७ घर भएकी ५ वर्षीया लक्ष्मीकुमारी यादवको मृत्यु भएको हो । । खेल्ने क्रममा घरनजिकै रहेको पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।