बेलबारी नगरपालिकाले आथिक बर्ष ०७७/०७८ बजेटको लागि छलफल गदै – Satabdi News

बेलबारी नगरपालिकाले आथिक बर्ष ०७७/०७८ बजेटको लागि छलफल गदै

जेठ २९, बेलबारी । बेलबारी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ बजेटका सन्दर्भमा स्थानीय बुद्धिजीवी, समाजसेवी, लगायत सबै संग छलफल तीव्र बनाइएको छ ।

विभिन्न क्षेत्रबाट बजेटबारे सुझाव लिने कामलाई नगरपालिकाले तिब्र बनाइरहेको हो । राजनैतिक दल, नीजिक्षेत्र, विभिन्न संघसंस्थाहरुसंग बजेटबारे सुझाव लिने काम भईरहेको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

दलका नेता तथा प्रतिनिधि, निजी क्षेत्र, तथा सामाजिक संघसंस्थाहरुको सुझाबहरुलाई कार्यक्रममा राखेर आगामि आर्थिक बर्षका लागि ल्याउन लागिएको निति तथा कार्यक्रममा छलफल गरीएको नगर प्रमुख सुवेदीले बताए ।

नगरपालिकाले बिहिबार सर्वपक्षिय भेलाको आयोजना नै गरेर बजेटको बिषयमा छलफल गरेको हो । बेलबारीका सबै संघ सस्था तथा राजनैतिक दलहरुलाई सहभागि गराएर आथिक बर्ष ०७७/०७८ को निति तथा कार्यक्रमका लागि सुझाव मागेका थिए ।

छलफललाई अझ तिब्र बनाएर सुझाव संकलन गरी निति तथा कार्यक्रम ल्याइने नगर प्रमुख सुवेदीले बताए । असार १० गते बेलबारी नगरपालिकाले निति तथा कार्यक्रम ल्याउने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाले आथिक बर्ष ०७७/०७८ बजेटको ला..." A few seconds ago

सम्बन्धित खवर