धिरज बिष्ट
जेठ २७, दार्चुला । विश्व नै कोरोना महामारीले आतंकित भैरहेको बेला नेपाल सरकारले मदिरा बिक्री वितरण प्रतिवन्ध लगाएको बेलामा दार्चुला जिल्ला अपिहिमाल गाँउपालिकाका जनप्रतिनिधीहरुले मदिरा पिउन पाउनु पर्ने माग गरेका छन् ।
विज्ञप्ति भनिएको छ, स्वयमले बुझ्ने कुरा हुन् कस्ले मदिरा पिउनु पर्छ कस्ले मदिरा पिउनु पदैन् भनेर कुनै कानुन उल्लेख गरिएको छैन् । अपिहिमाल गाँउपालिकाका जनप्रतिनिधीहरुले मदिरा सेवन गरि मनोरञ्जन गर्ने नैसर्गिक अधिकार भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोन्टाइन व्यवस्थापनमा आर्थिक अनयिमितता भएको हुदाँ आर्थिक अनयिमिततालाई ढाकछेप गर्न अहिले विभिन्न बाहना बनाएको स्थानीयहरुले आरोप लगाएका छन् ।
कांग्रेसबाट निर्वाचित वार्ड अध्यक्षलाई नेकपा पाटीमा प्रवेश गराउन ११ लाखको मनोरञ्जन पाटी गरिएको भिडियो सामाजिक संजालमा भाइरल भैरहेको बेला एक विज्ञप्तिम निकाली मदिरा सेवन गर्न पाउनु पर्ने माग गरेका छन् ।