मोरङमा सोमबार मात्र थप ९ जना कोरोना संक्रमित – Satabdi News

मोरङमा सोमबार मात्र थप ९ जना कोरोना संक्रमित

जेठ २६ , बेलबारी । मोरङमा सोमबार मात्र थप ९ जनामा कोरोना संक्रमित देखिएको छ । मोरङको धनपालथान गाउँपालिकामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसै गरी लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा पनि २/२ जना कोरोना संक्रमित भएको छ ।

भारतबाट आएका तीन पुरुष सहित ३० वर्षीय महिला र १२ वर्षीय बालक रहेको धनपालथान गाउपालिकाले जनाएको छ ।

यसै गरी लेटाङ नगरपालिकाकामा २९ र ३० वर्षीय पुरुषमा संक्रमण देखिएको लेटाङ नगरपालिकाले जनाएको छ । हाल अहिले उनीहरु क्वारेन्टिनमा रहेको जानकारी आएको छ ।

त्यस्तै रतुवामाई नगरपालिकामा थप दुईजनामा संक्रमण देखिएको रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले बताए ।

मोरङमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने जस मध्ये आज ९ जना थपिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोरङमा सोमबार मात्र थप ९ जना कोरोना संक्रमित" A few seconds ago

सम्बन्धित खवर