जेठ २३, काठमाडौं। नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा १३ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट कैलालीमा एक जनामा मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृतक महिला मिर्गौला रोगबाट पीडित थिइन् । उनको जेठ २३ गते सेती अस्पतालमा डायलसिस गराउने क्रममा मृत्यु भएको हो ।
हालसम्म यो दुई संख्या गरी कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक गरी १३ जनाको मृत्यु भएको छ ।