कोभिड–१९ बाट थप एक जनाको मृत्यु, मृतकको संङख्या १२ पुग्यो – Satabdi News

कोभिड–१९ बाट थप एक जनाको मृत्यु, मृतकको संङख्या १२ पुग्यो

जेठ, २३ सुर्खेत । डोल्पाका जगदुल्ला गाँउपालिका –३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उनि जेठ १८ गते नेपालगञ्ज (सुर्खेत–जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।

उनको २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारी पुष्टि गरे । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

अनलाईनखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोभिड–१९ बाट थप एक जनाको मृत्यु, मृतकको संङख्या..." A few seconds ago

सम्बन्धित खवर