रुकुममा भएको घटना प्रति धरानमा विरोध प्रर्दशन – Satabdi News

रुकुममा भएको घटना प्रति धरानमा विरोध प्रर्दशन

जेठ १५, धरान । जाजरकोटको भेरी नगरपालिका ४, रानागाउँका नवराज विक माथि भएको सामुहिक हत्याको विरोध र दोषीहरुलाई कारबाहीको माग गर्दै बिहिबार धरानमा विरोध र्‍याली निकालिएको छ ।

र्‍यालीमा सम्पूर्ण उत्पीडन वर्ग एक हौं, सम्पूर्ण दलित एक हौं, दलितलाई मार्न पाइँदैन, हत्यारालाई कारवाही गर लगायतका नारा सहित विरोध गरेका थिए । । प्रदर्शनकारीहरूले हत्यामा संम्लगन जो केहीलाई पर्नि छाड्न नहुने बताए ।

धरानको मुटु भानुचोकमा विरोध  र्‍याली निकालेको हो । र्‍यालीमा विद्यार्थी, बिभिन्न जातिय संघसंस्था, नेपाल आदिबासी जनजाति महासंघ, स्थानिय संघ संस्थाहरु, समाजसेवी , बुद्विजीवी, लगायतको उल्लेखनीय सहभागिता रहेको हो । बिरोध र्‍यालीमा प्रहरीको हस्तक्षेप कतैबाट नभएको एक प्रर्दशनकारीले  बताए । कोणसभालाई अधिकारकर्मीहरु गोविन्द विश्वकर्मा, डिबि साहशंकर, तारा लामगादेले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रुकुममा भएको घटना प्रति धरानमा विरोध प्रर्दशन" A few seconds ago

सम्बन्धित खवर